म उपाध्यक्ष हुने भएपछि गाउँवासी पनि खुशी छन् – लामा

२०७९ बैशाख १९, सोमबार १२:३४ गते २०७९ बैशाख १९, सोमबार १२:३४ गते २०७९ बैशाख १९, सोमबार १२:३४ गते

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिकामा नेकपा एमालेको तर्फबाट उपाध्यक्षको उम्मेदवार भएकी साम्तेन लामाले गाउँवासीको लागि नयाँ योजना र कार्यक्रम ल्याएकी छिन् ।
उनी उम्मेदवार भएपछि गाउँवासी पनि खुशी छिन् । गाउँमै बसेर जनताको काम गर्दै आएकी उनले ठाउँ पाएपछि केही गरेर देखाउने बताएकी छिन् । ‘ म हिजो पनि गाउँकै लागि लागिरहेको थिएँ, अब उपाध्यक्ष भएपछि झन् जिम्मेवार भएर काम गर्छु’ उनी भन्छिन् ‘मलाई मतदान नगर्नुपर्ने कारण छैन, मतदान गर्नुपर्ने धेरै कारण छ त्यो मैले गाउँवासीको घरघर पुगेर भनिसकेको छु ।’ उनले महिलाका लागिमात्र होइन जेष्ठ नागरिक र बालबालिकाका लागि पनि के गर्ने भन्ने योजना अघि सारेकी छिन् । सामुदायिक विद्यालयलाई सुधार गर्ने ठूलो इच्छा भएको भन्ने उनी थप्छिन् ‘अहिले सामुदायिक विद्यालय भनेपछि अभिभावकले पनि बालबालिकालाई पठाउँदैनन्, त्यसलाई सुधारेर सामुदायिक विद्यालय पनि हाम्रै विद्यालय हो भन्ने बनाउँछु ।’ उनले सामुदायिक विद्यालय बाहिर चिटिक्क देखिए पनि व्यवस्थापन, आन्तरिक मूल्यांकनलगायतका दृष्टिकोणले कमजोर बन्दै गएको बुझेकी छिन् ।
उनले मठ मन्दिर संरक्षण र व्यवस्थित गर्ने, प्राविधिक शिक्षालयको स्थापना गर्ने, खानेपानीको समस्या सामधान गर्ने, महिलालाई आत्मनिर्भर बनाउने, पर्यटकीय नगरको रुपमा तेमाललाई विकसित गर्नेलगायतका योजना बनाएकी छिन् । ‘पार्टीले घोषणापत्रमा धेरै योजना ल्याएको छ, त्यसमा केही थपेर मेरो दीर्घकालीन लक्ष्य बनाउँछु’ उनी भन्छिन् ‘ महिलाले अरुको कमाइमा बाँच्नुपर्दा दुःख लागेको छ, घर चलाउनलाई आर्थिक रुपमा महिला नै निर्णायक बनाउने योजना हो ।’ उनले प्लेनसमेत चलाउन सक्ने महिलाले सीपमूलक तालिम लिने हो भनें एकातिर आम्दानी गर्ने र अर्कोतिर समाज पनि थप शिक्षित हुने विश्वास लिएकी छिन् । उनले ‘होम स्टे’ को अवधारणा पनि ल्याएकी छिन् । ‘म लामो समयदेखि विद्यार्थीसँगै पार्टीको राजनीति गरेको हुनाले सबैका पीडाबारे थाहा छ, समाधानको लागि म जिम्मेवार बन्ने छु’ उनले भनिन् ‘ मेरो कार्यकाल विवादित र आलोचनायुक्त हुँदैन, मतदान गर्नेहरुले पछुताउनु पर्दैन ।’
काभ्रेमा १३ वटा स्थानीय तह छन् । तेमालमा ९ वटा वडा छन् । यहाँ २१ हजार १ सय ८ मतदाता छन् । एमालेले तेमालमा इन्द्र तामाङलाई अध्यक्षमा उठाएको छ । अध्यक्ष र उपाध्यक्षका उम्मेदवारमध्ये लामा एकमात्र महिला हुन् । सत्ता गठबन्धनले अध्यक्ष र उपाध्यक्षमा पुरुष नै उठाएको छ । उनकी आमा २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा गाउँ विकास समितिको वडा सदस्य भएकी थिइन् । सानैदेखि राजनीतिक वातावरण हुर्किएकी उनी अनेरास्ववियु जिल्ला सचिवालय सदस्यसहित अन्य पदमा रहेर काम गर्दै आएकी छिन् । ‘मैले धेरै मागेको छैन, एक पटक काम गर्ने अवसर दिनुहोस् भनेकी हुँ’ उनी भन्छिन् ‘ म धेरै गफ गर्न जान्दिन, काम नै गरेर म आफूलाई योग्य छु भनेर प्रमाणित गर्ने छु ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *