एनआरएनएको ८५ औं बैठक सम्पन्न

२०७९ बैशाख १९, सोमबार १२:४२ गते २०७९ बैशाख १९, सोमबार १२:४२ गते २०७९ बैशाख १९, सोमबार १२:४२ गते

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद एनआरएनएको ८५ औं बैठकले संघको २०२१–२०२३ संचालनसम्बन्धी कार्यविधि निर्देशिका अनुमोदन गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा शनिबार बसेको बैठकमा अध्यक्षद्वय रबिना थापा तथा बद्री केसीलगायत संघका ११६ जना पदाधिकारी तथा आइसीसी सदस्यहरुको उपस्थिति रहेको थियो भने बैठक ६ घण्टा १२ मिनेट सम्म चलेको थियो । भर्चुअल माध्यमबाट गरिएको बैठकले आगामी कार्यकालको लागि एक महिनाभित्र नीति तथा कार्यक्रमहरु तयार गर्न उपमहासचिवद्वय नारायण काफ्ले र रामशरण सिम्खडालाई जिम्मेवारी दिएको छ ।
बैठकले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२२ अक्टोबर ८ देखि १० गतेसम्म विधान सम्मेलन, विज्ञ सम्मेलन तथा ‘एनआरएनए डे’ काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले बताए । गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजकहरुलाई पदाधिकारी बैठकमा पर्यवेक्षकका रुपमा सहभागिता गराउने निर्णय गरिएको छ । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा शुल्क तिर्न बाँकी पदाधिकारी, सदस्य तथा राष्ट्रिय समन्वय समितिहरुलाई १५ दिन भित्र शुल्क बुझाउन अनुरोध गरेको छ ।
गैरआवासीय नेपाली संघको आगामी कार्यकालबाट महिला उम्मेदवारहरुको उम्मेदवारी शुल्क र बाँकी एनआरएनएको प्रयोजनको लागि तोकिएको शुल्कमा ५०% छुट दिने निर्णय गरेको छ । वैदेशिक रोजगार कल्याणकारी कोष वृद्धि तथा उद्देश्य लक्षित कार्य गर्ने बैठकले निर्णय गरेको छ । नवौं राष्ट्रिय खेलकुदमा भाग लिनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी संघको युवा विभागलाई प्रदान गरेको छ । गैरआवासीय नेपाली संघको दशौं महाधिवेशनको संघारमा देखिएका समस्या समाधान र एनआरएनएमा एकता कायम गर्नको लागि अन्तर्राष्ट्रिय सचिवालय पदाधिकारीहरुलाई आवश्यकता अनुसार समिति गठन गर्न सक्ने अधिकार दिने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघको पदाधिकारी बैठकबाट प्रस्तावित डिपार्टमेन्ट प्रमुख, कार्यदल तथा समितिका संयोजकहरुको नामलाई अनुमोदन गर्दै एक महिना भित्र त्इच् बनाउन र राष्ट्रिय समन्वय समितिसँग समन्वय गरी कार्यसमितिलाई पूर्णता दिन अनुरोध गरेको छ ।
संघको दशौँ महाधिवेशन पश्चात विधानतः व्यवस्था भएको संरक्षक, केन्द्रीय सल्लाहकार, सदस्य र मानार्थ परिषद सदस्यहरुको मनोनयनका लागि अध्यक्ष र महासचिवहरुले १५ दिन भित्र सहमतिको आधारमा प्रक्रिया पुरा गरी मनोनयन गर्न अख्तियारी दिएको छ । गैरआवासीय नेपाली संघका पदाधिकारीहरूको बैठकद्वारा प्रस्तावित डिपार्टमेन्ट प्रमुख, कार्यदलका प्रमुख तथा उपसमितिका संयोजकहरुको नामावलीलाई अनुमोदन गरेको छ । गैर आवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ८५ औं बैठक महासचिव केशब पौडेल र गौरी राज जोशीद्वारा संयुक्तरूपमा संचालन गरेका थिए ।
बैठकले पशुपति बिर्दाश्रमको सिनियर केयर प्रोजेक्टको सम्योजकमा कार्यकारी अध्यक्ष कुल आचार्य, एक क्षेत्र एक मोबाईल ब्लड बस प्रोजेक्टको संयोजकमा अध्यक्ष रबिना थापा, १० अर्ब फण्डको संयोजकमा अध्यक्ष बद्री केसीलाई तोकेको छ । बैठकले विधान समितिको संयोजकमा हेमराज शर्मा र सदस्य सचिवमा गंगाधर गौतमलाई तोकेको छ । त्यस्तै विधान समिति सदस्यमा आउन इच्छा जाहेर गरेका सदस्यहरुलाई सहभागिता गराई पूर्णता दिने निर्णय गरेको छ । बैठकले बैदेशिक रोजगार टास्क्फोर्सको संयोजकमा डिबि क्षेत्री र जयप्रकाश गुरुंगलाई तोकेको छ भने बैदेशिक रोजगार उद्दार कोषको संयोजकमा उपाध्यक्ष आरके शर्मालाई जिम्मा लगाएको छ । बैठकले एनआरएनए वेलफेयर समितिको संयोजकमा उपाध्यक्ष नरेन्द्र भाट र दुर्गा आचार्यलाई तोकेको छ । बैठकले ट्रेड एन्ड ईन्भेस्टमेन्ट समिति र ट्रेड एन्ड ईन्भेस्टमेन्ट प्रमोसन नेपाल कमिटीको संयोजकमा आरके शर्मालाई तोकेको छ ।
बैठकले सामाजिक उद्दमशिलता समितिको संयोजकमा युवा उपाध्यक्ष राज रेग्मी र महासचिव केशव पौडेल/गौरीराज जोशी पुनर्विभाजन र दोहोरो कर समितिको संयोजक तोकेको छ । यसै गरि बैठकले गैरआवासीय नेपालिको मतदान अधिकार समितिमा उपाध्यक्ष नरेन्द्र भाट र नेपाल प्रमोसन समितिको संयोजकमा उपाध्यक्ष धर्मराज अधिकारीलाई तोकेको छ । यसै गरि टुरिज्म प्रमोसन नेपाल समितिको संयोजकमा प्रवक्ता सोम सापकोटा नियुक्त भएका छन । यसैगरि महिला बिभागको संयोजकमा महिला उपाध्यक्ष यास्मीन बेगम सायद र युवा बिभागको संयोजकमा युवा उपाध्यक्ष राज रेग्मी, हिमाल गुरुङ र रोशन थापालाई जिम्मा दिएको छ । यस्तै बैठकले स्मार्ट एनआरएनए समिति संयोजकमा महासचिव केशव पौडेल र लजिस्टिक मेनेजमेन्ट समितिको संयोजकको जिम्मा उपाध्यक्ष रोविन्द श्रेष्ठलाई दिएको छ । यस्तै बैठकले बित्तिय स्थिरता समिति संयोजकमा कोषाध्यक्ष लोक दाहाल, सुनील शाह र फडिन्द्र पन्त र पोलिसी ईन्स्टिच्युट समितिको संयोजकको जिम्मा उपाध्यक्ष महेश श्रेष्ठलाई दिएको छ ।

सबै टास्क्फोर्सका संयोजक,सदस्य सचिब र सदस्यहरुको नामावली हेर्न यहाँ क्लिक गर्नोस

Departments_Committees_2123-1-2

स्रोत: राष्ट्रिय जन सवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *