आगलागीमा परी २ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

२०७९ बैशाख २३, शुक्रबार १७:१९ गते २०७९ बैशाख २३, शुक्रबार १७:१९ गते २०७९ बैशाख २३, शुक्रबार १७:१९ गते

काठमाडौं, २३ वैशाख – भोजपुर, षडानन्द नगरपालिका-१४ बिहिबारे बजार बस्ने खेममणी तामाङको घरमा
बिहीबार साँझ आगलागी हुँदा आगलागीमा जलेर उनकै छोरी २ वर्षीया रेश्मा तामाङको
मृत्यु भएको छ । आगलागीमा पारी घाइते भएकी उनकै श्रीमती २४ वर्षीया मिना
तामाङको धरान घोपा अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट २ वटा घर तथा
खेममणीको किराना पसल र कपडा पसल समेत पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागी
भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिङ्ला, प्रहरी चौकी बोयाबाट
खटिएको प्रहरीले नेपाली सेना तथा स्थानियबासी समेतको सहयोगमा आगलागी
नियन्त्रणमा लिएको छ ।

पाल्पा, रैनादेवी छहरा गाउँपालिका-४ जौखरक बस्ने ७९ वर्षीय मान बहादुर
सोमैको घरमा बिहीबार राति आगलागी हुँदा आगलागीमा जलेर मान बहादुरको मृत्यु
भएको छ । आगलागीबाट करिब २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्याङजा, फेदिखोला गाउँपालिका-४ आरुखर्कस्थित सन्तोस पौडेलले संचालन गरेको
सृजना खाजा घरभित्र ग्यांस लिक भई बिहीबार दिउँसो आगलागी हुँदा पसल पूर्णरूपमा
जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बस्ने सफिक दर्जीको घरमा शुक्रबार
बिहान आगलागी हुँदा घर तथा २ वटा मोटरसाइकल समेत जलेर करिब १२ लाख रुपैयाँ
बराबरको धनमाल नष्ट भएको छ ।

बारा, कलैया उपमहानगरपालिका-७ बरेवा बस्ने भरत गिरीले आफ्नै घरमा संचालन
गरेको चिया नास्ता पसलमा शुक्रबार बिहान आगलागी हुँदा घर र पसल पूर्णरुपमा जलेर
करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका
साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *