काठमाडौं, २४ वैशाख – काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीस्थित होटल गणेश हिमालको कोठा नम्बर
८०८ मा तास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-५ सितापाईला बस्ने मुस्ताङ
घुसाङ गाउँपालिका-३ घर भएका ६८ वर्षीय मिन बहादुर गुरुङ लगायत ८ जनालाई
शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट
खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८६ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी तास
सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0