काठमाडौं, २४ वैशाख – ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका-५ चित्रेमा ग.१ त ३१२९ नम्बरको ट्याक्टर
आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा
ट्याक्टर चालक सोही नगरपालिका-७ बिगुटार बस्ने २२ वर्षीय प्रेमलाक्पा शेर्पाको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा
मृत्यु भएको हो ।
धनुषा, धनुषाधाम नगरपालिका-३ बालुवा खोला पुलमा हाल नम्बर नखुलेको
सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ तेजनगर बस्ने ४५ वर्षीया
विन्दा सदाको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको
धनुषाधाम सरस्वती पोलीक्लिनिक हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको
क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
कपिलवस्तु, कपिलबस्तु नगरपालिका-५ गोटिहवा मर्यादपुरमा लु.३५ प ३५४८
नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा
सवार बुद्धभूमि नगरपालिका-६ पडरिया बस्ने ४५ वर्षीया अनिता कहारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा
मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0