काठमाडौं, २५ वैशाख – काठमाडौंका बिभिन्न स्थानबाट ल्यापटप, क्यामेरा तथा मोबाइल लगायतका विद्युतीय
सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरीबाट
बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरी बस्ने ३० वर्षीय सुर्य पुतुवार
र तारकेश्वर नगरपालिका-४ सानोपुल बस्ने धादिङ गंगाजमुना गाउँपालिका-३ घर भएका १८
वर्षीय किशोर रहेका छन् । काठमाडौं जिल्लास्थित बिभिन्न स्थानबाट बिभिन्न बिद्युतीय
सामग्रीहरु चोरी हुने क्रम बढेको जनगुनासो प्राप्त भएपश्चात प्रहरी वृत्त बालाजुबाट खटिएको
प्रहरीले चोरीमा संलग्न उनीहरुलाई चोरी गरेको १ थान ल्यापटप, २ थान क्यामेरा र विभिन्न
कम्पनीका २६ थान मोबाइल सहित पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
Views: 0