चितवन, २६ बैशाख – भरतपुर महानगरपालिका-१२ मिलनचोक बस्ने २५ वर्षीय अनिल परियारको
धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको छ ।
सोही महानगरपालिका-७ कृष्णपुर नगर प्लटीङस्थित मोटरसाइकल आएका २/३
जना अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा अनिल गम्भीर घाइते भएको भन्ने
खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी बिट कृष्णपुरबाट खटिएको
प्रहरीले घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएकोमा उपचारको
क्रममा उनको मृत्यु भएको हो ।
घटनामा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले
थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0