सवारी दुर्घटनामा ३ जनाको मृत्यु

२०७९ बैशाख २७, मंगलवार ०९:५६ गते २०७९ बैशाख २७, मंगलवार ०९:५६ गते २०७९ बैशाख २७, मंगलवार ०९:५६ गते

काठमाडौं, २६ बैशाख – काठमाडौं, नागार्जुन नगरपालिका-४ सोल्टीमोडस्थित सडकमा ना.५ ख १९०९
नम्बरको ट्रक र बा.९४ प ८६७६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार बिहान
दुर्घटना हुँदा स्कुटरमा सवार कीर्तिपुर नगरपालिका-२ ट्यांलाफाँट बस्ने ६२ वर्षीया बिमला
देवी भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण
अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका
स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।

बाँके, राप्तिसोनारी गाउँपालिका-८ गल्ली कुटानस्थित सडकमा भे.१० प २७८४
नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा
सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक दाङ तुल्सीपुर
उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय मान बहादुर बिक र मोटरसाइकलमा सवार सोही
ठाउँ बस्ने २५ वर्षीय किशोर बसौली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको
मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *