महोत्तरी, २६ बैशाख – भंगाहा नगरपालिका-६ जमुनीयास्थित निर्माणाधिन क्रसर उद्योग नजिक राखेको
ट्रान्सफर्मर अचानक पड्किएर उद्योग नजिक रहेको घरमा आगलागी हुँदा धनुषा मिथिला
नगरपालिका-२ नक्साझीज बस्ने ५० वर्षीय दिनेश महतोको आइतबार दिउँसो मृत्यु भएको छ
।
ट्रान्सफर्मर अचानक पड्किएर उक्त क्रसर उद्योग रेखदेख गर्न सो घरमा बसेका
दिनेशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट
जमुनियाबाट खटिएको प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा
लिएको हो । आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन र अन्य जिन्सी मालसामान
जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0