काठमाडौं, २७ वैशाख – भक्तपुर, भक्तपुर नगरपालिका–५ त्रिपुरासुन्दरीबाट नियन्त्रित लागूऔषध ४ थान नोफिन, ४ थान फेनारगन र ४ थान डाइजेपामसहित भक्तपुर झौखेल बस्ने सोही नगरपालिका–१ दुधपाटी घर भएका २९ वर्षीय राजु कर्माचार्यलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरीप्रभाग दरवारस्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध र प्रदेश २–०३५ प ८९६ नम्बरको स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका–८ ठुलढुङ्गाबाट नियन्त्रित लागूऔषध ८ पिस नुर्फिन, ८ पिस डाइजेपाम र ८ पिस फेनारगन सहित २ जनालाई सोमबारराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–८ गणेश टोल बस्ने ३२ वर्षीय राजकुमार सेन र सोही ठाउँस्थित लालीम टोल बस्ने २६वर्षीय डोलराज पौडेल रहेका छन् । लागूऔषध लुकाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले जाँचगर्ने क्रममा उक्त लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0