बैशाख २९, २०७९ – ललितपुर – नर्सिङ्ग क्षेत्रमा लगानी र स्वास्थ्य क्षेत्रको विकासका लागि हक अधिकार सुनिश्चित गर्ने उद्घेश्यका साथ ललितपुर स्थितनेपाल मेडिसिटी अस्पतालले एक औेपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ ।
कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका सल्लाहकार नभिन कुमार, क्लिीनिकल सर्भिसका प्रमुख प्रा.डा. निलमणी उपाध्याय, मेडिकल सुपरिन्टेन्डेन्ट डा. जयेन्द्र बज्राचार्य र नर्सिङ्ग सेवाकि प्रमुख कोपिला श्रेष्ठ पालीखेको उपस्थितिमा नर्सहरुमा सम्मान प्रकट गर्दै थप हौसला बढाउनका लागी विभिन्नविषयमा चर्चा गरिएको थियो भने साँस्कृतिक कार्यक्रमपनि आयोजना गरिएको थियो ।
कार्यक्रममा नर्सहरुले नेपाल मेडिसिटी अस्पताल जस्तो अन्तराष्ट्रिय स्तरको बहुआयमिक सेवा प्रदान गर्न र अत्याधुनिक प्रविधिमैत्री वातावरणमा काम गर्नपाएकोमा सुखद् अनुभव साटेको छन् । त्यस्तै, अस्पताल व्यवस्थापनका तर्पmबाट प्रा. डा नीलमणी उपाध्यायले नर्सहरु बिरामीहरुसँग सबैभन्दा नजिकरहेर उपचार सेवा प्रदान गर्ने सेवा प्रवाहक रहेको र उनीहरुको सुरक्षा र प्रबद्र्घन गर्न अस्पताल सधै क्रियाशील रहेको प्रतिक्रिया दिनुभएको छ ।
नर्सिङ्ग सेवाकी प्रमुख कोपिला श्रेष्ठ पालीखेले नर्सिङ्ग पेशा एक पवित्र र सेवाभावले पूर्ण पेशा रहेकाले यसको संरक्षण एवम् प्रर्वद्धन आवश्यक रहेकोबताउनुभयो ।
आधुनिक नर्सिङ्गकि पहलकर्ता फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२का दिनलाई अन्तराष्ट्रिय नर्स दिवसका रुपमा मनाउँदै आइएको हो । सन्२०२२का लागि नर्सिङ्ग दिवसको नारा यस क्षेत्रमा लगानी र विश्वव्यापी स्वास्थ्य क्षेत्रको विकासका लागि नर्सहरुको हकअधिकार सुनिश्चित गर्नेबारेरहेको छ ।
डा. जयन्द्र बज्राचार्य
मेडिकल सुपरिन्टेन्डेन्ट
Views: 0