काठमाडौं, ३१ वैशाख – रुकुम(पश्चिम), बाँफिकोट गाउँपालिका-७ ढारवाङस्थित सडकमा लु.३ ज ३३१०
नम्बरको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय प्रजित खत्रीको शुक्रबार दिउँसो मृत्यु
भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको
क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुली, दुधौली नगरपालिका-३ चारघरेस्थित सडकमा हाल नम्बर नखुलेको
मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही
ठाउँ बस्न ६० वर्षीया आईतीमाया सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते
भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी सोही ठाउँ बस्ने ६० वर्षीया दुर्गामाया भुजेललाई सोही केन्द्र हुँदै
थप उपाचरका लागि जनस्वास्थ्य अस्पताल बर्दिवास पठाइएको छ । हाल फरार
मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0