काठमाडौं, १ जेठ – डडेल्धुरा, अमरगढी नगरपालिका-१ ढुनढुनेमा सु.प.प्र. ०१ ००९ प १४५४ नम्बरको मोटरसाइकल र सु.प.प्र. ०१ ००१ ज १२२९नम्बरको जीप एकआपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार डोटी आदर्श गाउँपालिका-३ बस्ने २५ वर्षीय चक्र भाटको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-२ केवटलियामा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने रामकिसुन यादवको छोरा ११ वर्षीय रामप्रसादयादवको शनिबार दिउँसो मृत्यु भएको छ । साइकल चलाउनसिकीरहेको अवस्थामा उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिरहा, औरही गाउँपालिका–५ भन्सार चोकस्थित सडकमा विआर ७४२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-१ बस्ने ३० वर्षीया तेतरी देवी दासको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, बासगढी नगरपालिका-७ चौधरीपुरस्थित भित्री सडकमा लु.७६ प ४७१२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने २४ वर्षीय ज्ञानराज थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिया अस्पताल गुलरिया लैजाने क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि नर्सिङ होम नेपालगंज बाँके पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0