मानेभन्ज्याङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली विजयी

२०७९ जेष्ठ २, सोमबार १३:२९ गते २०७९ जेष्ठ २, सोमबार १३:२९ गते २०७९ जेष्ठ २, सोमबार १३:२९ गते

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली विजय

रुम्दालीले ५ हजार २१ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत ल्याए ।

मानेभन्ज्याङको उपाध्यक्षमा भने नेपाली कांग्रेसका आश्राचन राई निर्वाचित भएका छन् । उनले ४ हजार ७५० मत पाएका छन् । सो पदमा एमालेको समर्थनमा जसपाका दीपेन्द्र रुम्दालीले २ हजार ७ सय ७७ मत पाए ।

अध्यक्षमा निर्वाचित स्वतन्त्र उम्मेदवार रुम्दालीलाई कांग्रेसको समर्थन थियो । अध्यक्षमा निर्वाचित रुम्दाली कांग्रेसका तरुण दलका पूर्वजिल्ला अध्यक्ष समेत हुन् ।

२०७४ को प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएवापत रुम्दाली पार्टीबाट कारबाहीमा परेका थिए। कारबाही फुकुवा नभएका कारण उनलाई रुख चिन्हबाट चुनाव लड्न समस्या भएको थियो । उनले धारा चिन्हबाट चुनाव जितेका हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *