काठमाडौं, ५ जेठ – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बस्ने गोरखा सिरानचोक गाउँपालिका-४ घरभएका ३७ वर्षीय प्रकाश रेग्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ चैत २२ गतेको फैसलालेबैंकिङ कसूर मुद्दामा १ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो । रेग्मीले मुक्तिनाथ बिकास वैंक लिमिटेड महाराजगंज शाखामा रहेकोउनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानीपीडितलाई झुक्यानमा पारी २०७६ कात्तिक १० गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतकाठमाडौंमा पेश गरिएको छ ।
Views: 0