दोलखा जिल्लाको भिमेश्वर नगरपालिका – ७ मा नेकपा एमालेको बिनोद तमाङ सहित प्यानल नै बिजयी

२०७९ जेष्ठ ६, शुक्रबार ०९:०३ गते २०७९ जेष्ठ ६, शुक्रबार ०९:०३ गते २०७९ जेष्ठ ६, शुक्रबार ०९:०३ गते

काठमाडौं/ दोलखा जिल्लाको भिमेश्वर नगरपालिका – ७ मा नेकपा एमालेको वडाअध्यक्ष सहित सम्पूर्ण प्यानल नै बिजयी भएको छ । बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार भिमेश्वर नगरपालिका – ७ को वडाअध्यक्षमा २९ मत ल्याएर नेकपा एमालेको तर्फबाट निर्वाचित भएका बिनोद तमाङको सम्पूर्ण प्यानल नै बिजयी भएको हो ।

गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट यस नगरपालिकाको ७ नं। वडा अध्यक्षमा बिजयी भएका तामाङ्ले कुल ९८५ मत प्राप्त गरेका थिए । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसको नारायण शाहले कुल ९५६ मत प्राप्त गरेका थिए । यसैगरि, वडा अध्यक्षकै अर्का प्रतिस्पर्धी रा प्रा पा को शिव बहादुर खत्रीले जम्मा ५७ मत प्राप्त गरेका थिए ।

तामाङ् समुदायमा नै यस वडामा पहिलो पटक निर्वाचित भएका हुन बिनोद तामाङ् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *