जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०७९ जेष्ठ ६, शुक्रबार १४:५० गते २०७९ जेष्ठ ६, शुक्रबार १४:५० गते २०७९ जेष्ठ ६, शुक्रबार १४:५० गते

काठमाडौं, ६ जेठ​ – बुढानिलकण्‍ठ नगरपालिका-१३ स्थित जंजिर केसीको बन्दै गरेको कटेजमा कौडा खेलिरहेक अवस्थामा काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वु लगायत ६ जनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ, अमेरिक डलर १ हजार र कौडा ६९ थान सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी तारकेश्वर नगरपालिका-५ लोलाङ्ग धितालथोक बस्ने २५ वर्षीया गिता दाहालको घरमा जुवातास खेलिरहेकअवस्थामा दाहाल सहित ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार सय ६० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *