नगद लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

२०७९ जेष्ठ ६, शुक्रबार १५:०६ गते २०७९ जेष्ठ ६, शुक्रबार १५:०६ गते २०७९ जेष्ठ ६, शुक्रबार १५:०६ गते

काठमाडौं, ६ जेठ​ – काठमाडौं महानगरपालिका-१३ बाफलबाट नगद १९ हजार ५ सय रूपैयाँ लुटपाट गरेको अभियोगमा भक्तपुर लोकन्थली बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका-२ घर भएका २४ वर्षीय उत्तम कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा कार्कीले गाडीबाट झर्ने क्रममा सप्तरी राजबिराज गरपालिका-८ घर भएक६८ वर्षीय बद्रिनारायण शाहको साथमा रहेको उक्त नगद लुटी भाग्ने क्रममा प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *