सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०७९ जेष्ठ ६, शुक्रबार १५:०८ गते २०७९ जेष्ठ ६, शुक्रबार १५:०८ गते २०७९ जेष्ठ ६, शुक्रबार १५:०८ गते

काठमाडौं, ६ जेठ​ – झापा, बिर्तामोड नगरपालिका-२ रामचोकस्थित सडकमा प्रदेश १-०१-००१ ख ३५९४ नम्बरको ट्रकको ठककरबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ५२ वर्षीय टंक काफ्लेको बिहीबार बिहान मृत्यु भएको छ । सडकमा रोकी रखेको उक्त ट्रक सडकमा निकाल्नका लागि ब्याक गर्ने क्रममा ट्रकको पछाडिको भागले ठक्कर दिँदा गम्भीर घाइते भएका काफ्लेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, सुनवर्षी नगरपालिका-स्थित सडकमा को.२ त १४३७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-५ बस्ने वर्षीय राज कुमार सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याकटरमा सवार १० जनाको रंगेली अस्पतालमा र १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-४ हरनेटीस्थित सडकमा रा.१ प ८६७९ नम्बरको मोटरसाइकल रा.१ क ५६५ नम्बरको टिपमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सल्यान कपुरकोट गाउँपालिका-३ बस्ने २० वर्षीय आकाश सेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पताला उपचार भइरहेको छ । रा.१ ख ११२३ म्बरको टिपरलाई ओभरगर्ने क्रममा उक्त मोटरसाइकल रा.१ क ५६५ नम्बरको टिपरमा ठोकिएर दुर्घटना भएको थियो । दुवै टिपकाचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-५ तिनतारास्थित सडकमा .२ प ८०२४ नम्बरको मोटरसाइकललाई .२ प २७६ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिदा .२ प ८०२४  नम्बरको मोटरसाइकल चालक सोही गरपालिका-१० बस्ने ३८ वर्षीय बिरेन्द्र चन्दको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका .२ प २७६ नम्बरको मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धनगढीतर्फ पठाएको छ ।

दुर्घटनाका म्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *