सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु

२०७९ जेष्ठ ८, आईतवार २०:२८ गते २०७९ जेष्ठ ८, आईतवार २०:२८ गते २०७९ जेष्ठ ८, आईतवार २०:२८ गते

काठमाडौं, जेठ – काठमाडौं महानगरपालिका-१६ वनस्थली चोकमा बा.४ ख ५७३९ नम्बरको बस र बा.५७ प ३४४४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने नुवाकोट पन्चकन्या गाउँपालिका-४ घर भएका २० वर्षीय राज दोङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाते भएका उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-२ सिमखोलामा ना.४ च २३१५ नम्बरको पिकअप अनियन्त्रित भई पुलको बारमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका पिकअपमा सवार ४ जना पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले उद्धार गरी अस्पतालतर्फ पठाएकोमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो । मृतकहरूमध्ये २ जनाको हेटौंडा अस्पताल, १ जनाको चुरेहिल अस्पताल र १ जनाको ट्रमा सेन्टर काठमाडौंमा शव रहेको छ । साथै दुर्घटनामा घाइते भएका पिकअपका चालक समेत ४ जनामध्ये १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने २ जनाको चुरेहिल अस्पताल र १ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ

कैलाली, गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित सडकमा से.१ त ६८२७ नम्बरको ट्याक्टरले सु.प.प्र. ०१-००८ प १७८३ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक लम्कचुहा नगरपालिका-१ बस्ने ३० वर्षीया सबिता कँडेलको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार लम्कीचुहा नगरपालिका बस्ने २५ वर्षीया जमुना सिंहको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, खैरहनी नगरपालिका-१ बयराचोकस्थित सडकमा एचआर ४६ ई १२८७ भारतीय नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीयामहिलाको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका-२ स्यालाखदी सडकमा रा.१ ४६२१ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरकसहचालक सोही ठाउँ बस्ने २३ वर्षीय मन बहादुर यरीको शनिबार बेलुकी मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि नगर अस्पताल राडीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *