मृत अवस्थामा फेला

२०७९ जेष्ठ ८, आईतवार २०:३१ गते २०७९ जेष्ठ ८, आईतवार २०:३१ गते २०७९ जेष्ठ ८, आईतवार २०:३१ गते

काठमाडौं, जेठ – सिरहा, अर्नामा गाउँपालिका१ महनौरपाल टोल बस्ने ६०वर्षीय लुचाई भन्ने चन्देश्वर पाल र उनकै छोरा १७ वर्षीयसन्तलाल पाल आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । उनीहरू घाँटी काटी कपडाले छोपेको अवस्थामा मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अर्नामा र जिल्ला प्रहरी कार्यालयबाट तत्काल प्रहरी टोली खटी गई आवश्यक अनुसन्धान गरिहेको

भोजपुर, आमचोक गाउँपालिका-३ चुमाराङस्थित रमिते भिरमुनी सुनसरी धरान उपमहानगरपालिका-६ पानमारा बस्ने ७३वर्षीय सन्त बहादुर बस्नेत शनिबार मृत अवस्थामा फेला परेका छन् । आमचोक गाउँपालिका-चुमराङस्थित मन्दिरमा गत बुधबार देवाली गरी फर्किएका उनी घर नपुगेपछि खोजी गर्ने क्रममा उक्त भिरमुनी उनको शव फेला परेको हो ।

तनहुँ, देवघाट गाउँपालिका-४ पन्ध्र किलोस्थित सेती नदीकिनारमा धादिङ बेनिटार रोराङ गाउँपालिका-९ बस्ने २५ वर्षीय अर्जुन कुमार दालकोटी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कालिकोट, रास्कोट नगरपालिका-८ पाखेभिर बस्ने ४२वर्षीय प्रेम दमाई सोही ठाउँस्थिखेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, लम्कीचुहा नगरपालिका-स्थित नेपाल विद्युकार्यालयको गेट नजिक लम्किचुहा गरपालिका-७ हरैयापुर बस्ने २८ वर्षीय जय कृष्ण न्यौपाने आइतबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ पैसिया घर भई हाल कोटहीमाई गाउँपालिका-२ स्थित एनडिके इँटाभट्टामा काम गर्ने ४१ वर्षीय कृपाल कुर्मी सोही ठाउँस्थित दानव खोलाको बगरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बारा, सिम्रौनगढ नगरपालिका-६ सिम्रौनगढ बसपार्कमा हालनाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *