काठमाडौं, ९ जेठ – बर्दिया, बारबर्दिया नगरपालिका-७ सिउनियास्थित सडकमा भे.२ प २९१५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-७ बस्ने ५३ वर्षीया रिता रिजालको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । सोही बिषयलाई लिएर मृतक पक्षका मानिसले कुटपिट गर्दा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि स्थानीय आरसी थारु मेमोरियल नगर अस्पताल जयनगर पठाइएको छ ।
धादिङ, गजुरी गाउँपालिका-२ स्थित सडकमा बा.८० प ७११४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सिद्दलेख गाउँपालिका-४ सापटी बस्ने ३० वर्षीय युवराज थापा मगरको आइतबार दिउँसो मृत्यु भएको छ । उक्त मोटरसाइकललाई बा.प्र.०३-००१ ख १२८५ नम्नरको ट्रकले ठक्कर दिनुका साथै पुन ना.५ ख ५६६ नम्बरको ट्रकले समेत ठक्कर दिंदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्भिक अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । तीन वटै सवारी साधन र दुवै ट्रककाचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, चन्द्रपुर नगरपालिका-१० पडरियास्थित सडकमा बिआर ०१पिजे ६९८० नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सन्तोस पासवानकी छोरी १२ वर्षीया सुस्मिता पासवानको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय वेलनेश क्लिनिक हुँदै चपुरस्थित चन्द्रपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रौतहट, देवाही गोनाही नगरपालिका-८ संग्राहलय चोकमा बिआर ०५बि ९०३६ नम्बरको मोटरसाइकललाई ना.३ त ७०७२ नम्बरको ट्याक्टरले आइतबार राति ठककर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गरुडा झाझपुलस्थित ग्राण्डी अस्पतालमाउपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-११ सौनहवास्थित सडकमा लु.७५ प ४१३ नम्बरको मोटरसाइकल र लु.८ प १५०२ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा लु.८ प १५०२ नम्बरको मोटरसाइल चालक कृष्णनगर नगरपालिका-१० बकौली बस्ने २२ वर्षीय राजेशलालचौरसियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ४ जनाको सोही अस्पतालमा उपचारभइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0