काठमाडौं, जेठ – काठमाडौं महनगरपालिका-१८ नरदेवी बस्ने लक्ष्मी नारायण मान्धरको घरमा भारत मोतीयारी घर भएका २५वर्षीय शेख साहेब मुसलमानको मासु पसलमा ग्याँस लिक भई आइतबार दिउँसो आगलागी हुँदा सोही घरमा रहेको डेरी, मासु पसल, होटल र घरमा डेरा गरी बस्ने समेतको बिभिन्न सर-सामान जलेर करिब १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलाली, टिकापुर नगरपालिका-२ सितापुर बस्ने बबिता बिष्टको जयमहाबिर बहुउदेश्य कृषि फर्ममा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब १६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रुकुम पश्चिम, मुसिकोट नगरपालिका-१ स्थित मुलखोलामा पार्किङ गरि राखेको रामेछाप रामेछाप ओमाकुण्ड गाउँपालिका-२ बस्ने ४९ वर्षीय भिम बहादुर लामिछानेको ना.५ ख ८९६२ म्बरको बसमा आइतबार राति आगलागी हुँदा बस पूर्णरुपमा जलेर नष्ट भएको छ ।

दाङ, घोराही उपमहानगरपालिका-१५ रतनपुर घोराही तुलसीपुर सडक छेउमा पार्किङ गरी राखेको हाल म्बरनखुलेको स्कुटमा गएराति आगलागी हुँदा स्कुट पूर्णरूपमा जलेर नष्ट भएको छ ।

धनुषा, जनकपुर उपमहानगरपालिका-१६ पुल चक बस्ने बिमलेश कुमार ठाकुरको घर नजिकै खाली जग्गामा पार्किङ गरि राखेको ज.१च९९५ नम्बरको बोलेरो गाडीमा सोमबार बिहान आगलागी हुँदा गाडी पूर्णरूपमा जलेर क्षति भएको छ ।

प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगगी नियन्त्रणमा लिनुका साथै स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *