युवकको हत्यामा संलग्न रही फरार रहेका तीन जना अभियुक्त पक्राउ

२०७९ जेष्ठ १०, मंगलवार १९:०९ गते २०७९ जेष्ठ १०, मंगलवार १९:०९ गते २०७९ जेष्ठ १०, मंगलवार १९:०९ गते

पर्सा, १० जेठ – ठोरी गाउँपालिका-५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको
घटनामा संलग्न रही फरार रहेका ३ जना अभियुक्तहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ ।

पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका-५ ठूलो बाघमोर्चा ठेगाना भएका २२ वर्षीय
सरोज स्याङ्वो, पर्सा वीरगंज महानगरपालिका-३२ रामबन ठेगाना भएका २० वर्षीय
किशन लोप्चन र १७ वर्षीय किशोर रहेका छन् ।

सोही गाउँपालिका-५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो
अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार
भएकोमा वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान
प्रविणको मृत्यु भएको थियो । घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं
महानगरपालिका-३ महाराजगंजबाट पक्राउ गरेको हो ।
उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप
आवश्यक अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *