छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

२०७९ जेष्ठ १२, बिहीबार १४:३७ गते २०७९ जेष्ठ १२, बिहीबार १४:३७ गते २०७९ जेष्ठ १२, बिहीबार १४:३७ गते

काठमाडौं, १२ जेठ – दैलेख, आठबिस नगरपालिका-२ सिस्नेस्थित सडकमा नेपालगंजतर्फ जाँदै गरेको म.१ ख ६६० नम्बरको बस सडकबाट अन्दाजी ३० मिटर  तल कर्णाली नदीमा खसेर बुधबार राति दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुल्लु नगरपालिका-९ बस्ने ३२ वर्षीय प्रेम सुनार समेत ३ जनाको घटनास्थलमै १ जनाको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार जनालाई स्थानीय मेडिकल हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छाम, पञ्चदेवल बिनायक नगरपालिका-४ टोट्केसालस्थित सडकमा बेल्खेघातर्फ मलामी लिएर जाँदै गरेको भे.१ त ८९३७ नम्बरको ट्याक्टरको ट्रली पल्टिएर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोही नगरपालिका-१ बस्ने ४२ वर्षीय अम्मर नाथ धमला३२ वर्षीयतारा धमलाको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २ जनाको जिल्ला अस्पतालमा, ५ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ भने १५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, मधुवन नगरपालिका-४ मख्खन चोकस्थित सडकमा ढोढरीबाट भुरीगाउँतर्फ जादै गरेको लु.६२ प ४७३९ नम्बरको मोटरसाइकआफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक बासँगढी नगरपालिका-२ मदाहा बस्ने २५वर्षीय आशिस चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा, निजगढ नगरपालिका-९ गौरीशंकर क्याम्पसस्थित भित्री सडकमा बा.प्र-०३-००१ च ११४६ नम्बरको पिकअपको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम आचार्यको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *