काठमाडौं, १२ जेठ – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा चौथो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु भएको छ ।सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले बिहीबार आयोजित कार्यक्रममा उक्त तालिम उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ नायव निरीक्षक १ जना, प्रहरी नायव निरीक्षक ४ जना र प्रहरी सहायक निरीक्षक १७ जना गरी जम्मा २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।
नेपाल प्रहरीले प्रयोग गर्दै आएका सवारी साधनको उचित मर्मत सम्भार, रेखदेख, नियन्त्रण, परिचालन, व्यवस्थापनलगायत सो सँग सम्बन्धित समस्याहरूलाई सरल एवम् सहज रूपमा समाधान गर्नका लागि दक्ष जनशक्ति विकास गर्नेतालिमको उद्देश्य रहेको छ ।
Views: 0