जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ जेष्ठ १३, शुक्रबार ०९:४८ गते २०७९ जेष्ठ १३, शुक्रबार ०९:४८ गते २०७९ जेष्ठ १३, शुक्रबार ०९:४८ गते

काठमाडौं, १२ जेठ – जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी उपमहानगरपालिका-५ स्थित ब्लुमिङ लोटस् लिस्कूलका प्रिन्सीपल सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने ठेगाना भएका ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्कालाई बिहीबार  प्रहरीले पक्राउ गरेको छ ।

खड्काले आफ्नै स्कूलमा पढने बिरामी भएकी १५ र्षीयछात्रालाई घुमाउने र आौषधि उपचार समेत गरी दिने भनी २०७४साउन ६ गते सुनसरी धरान उमहानगरपालिका-१० स्थित गेष्ट हाउसमा पु-याई स्कूल रेष्टिकेट गरिदिने भनी धम्क्याईजबरजस्ती करणी गरेपछि उक्त स्कूल छाडी अर्कै स्कूलमा पढिरहेकी ती छात्रालाई विवाह गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक-पटक मानसिक तनाव दिदैजबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्राप्तपछि उनी फरार रहेका थिए ।

काठमाडौं टोखा नरपालिकास्थित वानियाटरमा डेरामा लुकिछिपि बसेका खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीलेकाठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गर जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *