काठमाडौं, १३ जेठ – कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बस पार्कबाट करिब ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नगद ३८ हजार १ सय रूपैयाँ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २८ वर्षीयभुपेश थापा, २४ वर्षीय धनबिर चौधरी र जानकी गाउँपालिका-९ बस्ने २८ वर्षीय महेन्द्र रावल रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीचुवाबाट खटिएको प्रहरीले भुपेश र धनबिरलई उक्त लागूऔषध र नगद ३ हजार रूपैयाँ सहित नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागूऔषध महेन्द्रबाट खरिद गरेको भन्ने खुल्न आएपछि महेन्द्रलाई समेत प्रहरीले पक्राउ गरेको हो । महेन्द्रको साथबाट नगद ३५ हजार १ सय प्रहरीले बरामद गरेको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया तिनकुने चोकबाट करिब ३५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ वनस्पति बस्ने ३९ वर्षीय सजन स्याङ्गतान र ३५ वर्षीय भुवन तितुंग रहेका छन् । हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह२८८८ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्दा लुकाई छिपाई ल्याउदै गरेको तीन वटा झोला र प्लास्टिकको बोराभित्र उक्त परिमाणको लागूऔषध फेला पारी चालक सजन र अटोमा सवार भुवनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
तनहुँ, १३ जेठ – लागूऔषध मुद्दाका फरार २ जना प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ सुन्दर बजार नगरपालिका–६ बस्ने २६ वर्षीय सुजन तामाङ र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय आईते तामाङ रहेका छन् ।
जिल्ला अदालत तनहुँको २०७८ असोज ९ गतेको फैसलाले उक्त मुद्दामा जनही २ वर्ष कैद र २ लाख रूपैयाँ सजाय ठहर भई फरार रहेका उनीहरूलाई आफ्नै घर वतनबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालततनहुँमा उपस्थित गराइने छ ।
Views: 0