काठमाडौं, १३ जेठ – इटहरी उपमहानगरपालिका-५ बस्ने दिव्यराज सुवेदीको घरमा पार्किङ गरी राखेको को.३४ प ५०५६ नम्बरकोमोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने उज्वल परियार र सन्दिप परियार रहेका छन् । उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी भएको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरू उपर चोरी मुद्दामा थप आवश्यक अनुसन्धान भइरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0