जेठ १४,काठमाडौं । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्धगराउने प्रख्यात “नेपाल्सनम्बर वान ब्युटी सैलुन”फेसियल हाउसकी प्रवन्ध निर्देशक सुषमा महरा महिला उधमी सम्मानबाट सम्मानित भएकी छिन ।
काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा कलाकारको भूमिका ” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कूतिक समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्यसमारोहका बीच महरालाई सम्मान गर्नु भएको हो।
सम्मानित महराले संचालित फेसियल हाउस ले नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । जस्तै टाटु रिमुभर लेजर मेसिन ,हेयर,व्युटी र स्किन केयरमेसिन कृतिम परेला पत्यारोपन आईलाईसिस एक्टेन्सन माइक्रोबेडिङ, जेल नेल आर्ट, पर्मामेन्ट मेकअप,पेयर सिन, डेडलक जस्ता थुप्रै नयाँ पुस्तामाप्रचलित हुने प्रविधि , व्युटी ट्रेनिङ सुविधा पनि दिदै आएको छ ।छाला र कपाललाई मध्यनजर राख्दै चीन, मलेशिया, कोरिया र थाईल्याण्डकोकम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ ।
सुन्धारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसमा एकै पटकमा ५० जनालाई क्वालिटी सर्भिस सेवा दिन सकिने क्षमतामा विस्तारगरिएको छ। काठमाडौंमा तीन वटा र काठमाडौं बाहिर दुई वटा आउटलेट सञ्चालनमा छन् ।
Views: 0