फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ बन्ने

२०७९ जेष्ठ १४, शनिबार २०:५९ गते २०७९ जेष्ठ १४, शनिबार २०:५९ गते २०७९ जेष्ठ १४, शनिबार २०:५९ गते

काठमाडौं फिचर फिल्मको लम्बाईमा नेपालमा पहिलो पटक संवादसहित गीति चलचित्रमानिस ठूलो दिलले हुन्छनिर्माण हुने भएको देवेन्द्रपान्डेको निर्देशनमा बन्न लागेको फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त गरियो फिल्मको मुहूर्तसट कलाकारहरु अभिनास न्यौपाने श्रेया कार्कीले दिएका थिए फिल्ममा उनीहरुको जोडी बाँधिएको

सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको बुधवारबाट छायांकन सुरु भएको फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य सविना न्यौपानेको पनि अभिनय रहनेछ फिल्मलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् उनले लेखेको वटा लोकगीतमा फिल्मनिर्माण हुन लागेको हो फिल्ममा केही प्रतिशत संवाद पनि हुनेछ क्यानडाको लागि नेपाली साँस्कृतिक दुतसमेत रहेका पुर्ण नेपालीको एकल संगीतमारहेका फिल्मका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान लगायतका गायकगायिकाहरुको स्वर रहेको

निर्माता पनेरुले आफूले व्यवसायिक उद्देश्य नबोकी फिल्म निर्माण गर्न लागेको बताए उनले भने, ‘फरकफरक शैलीका लोकगीतमार्फत् फिल्ममा कथाभनिनेछ यसलाई आधुनिक मुना मदन पनि भन्न सकिन्छ तर, यो सुखान्त मुना मदन हुनेछ यो फिल्मले समाजलाई सकारात्मक सन्देश दिनेमाविश्वस्त छु भिन्न जातीका दुई केटाकेटीको प्रेमकथामा फिल्म आधारित हुने उनले जानकारी दिए

यसअघि दुई फिल्मको निर्देशक गरिसकेका देवेन्द्र पाण्डेले आफूले यसअघि गरेका फिल्मभन्दामानिस ठूलो दिलले हुन्छभिन्न रहने दावी गरे सामाजिक विषयवस्तुमा आधारित भएर फिल्म बन्ने उनको भनाई गीतको माध्यमबाट समाजलाई सन्देश दिने उद्देश्यले फिल्म बनाउन लागको उनीबताउँछन् उनले यसअघि सयौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन्

फिल्मको लम्बाई एक घन्टाभन्दा लामो हुने बताइएको सम्भवतः संवादसहित यो लम्बाईमा यसअघि गीति चलचित्र निर्माण भएका छैनन् करीब १५दिन छायांकन हुने फिल्मलाई उत्सव दाहालले खिच्नेछन् भने सम्पादन विकास दाहालले गर्नेछन् फिल्म निर्माण भएपछि विभिन्न ठाउँमा च्यारिटीसहितहलमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य

सौरपानी मिडिया प्रालीलाई हार्दिक वधाई

मेरो प्यारो जन्मभूमी सौरपानीलाई हृदय देखी मायाँ गर्छु सम्मान गर्छु। सौरपानी कै नाममा एक मिडिया कम्पनी दर्ता भएको , सौरपानी मिडिया प्राली।यही ब्यानर बाट नेपालको पहिलो सम्वाद सहितको गिती चलचित्रमानिस ठुलो दिलले हुन्छको सूभारम्भ आज मे २५, २०२२ देखी सुरु भएको छ। योपरियोजनाबाट मेरो मातृभूमी प्रतिको अली कती भने पनि गुन तिर्न सक्ने छु इश्वरको सुन्दर सृस्‍टिलाई मानिसले लगाएको धब्बालाई मेटाउने जमर्कोगरिने छ। यो एउटा सानो प्रयास हो, एक सत्प्रयास हो। सामाजिक न्यायको बुलन्द आवाज बोकेको यो चलचित्रले समाजमा अलिकती भने पनिसकारात्मक सन्देश लाने आशा गरेको छु। यो प्रयासलाई पल पल साथ दिने मेरा सहकर्मी अविनास न्यौपानेको अतुलनिय भूमिका योगदान रहेको छ।यसका साथै मेरा अनन्य मित्र वरिष्ठ सङ्गीतकार पूर्ण नेपाली, चलचित्र निर्देशक देवेन्द्र पाण्डे, नायिका श्रिया कार्की लगायत सम्पूर्णलाई हार्दिक धन्यवाददिन चाहन्छु। यो हाम्रो प्रयासलाई सबैले साथ दिनु नै हुनेछ भन्नेमा विश्वस्त छु। सौरपानी मिडिया प्रालीलाई हार्दिक वधाई !
मणि नेपाली पनेरु, निर्माता

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *