कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ जेष्ठ १४, शनिबार २१:२६ गते २०७९ जेष्ठ १४, शनिबार २१:२६ गते २०७९ जेष्ठ १४, शनिबार २१:२६ गते

काठमाडौं, १४ जेठ – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर
ठेगाना भएका ५५ वर्षीय रञ्जन प्रसाद कोइरालालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ

कर्तव्य ज्यान मुद्दामा मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३ (३) नम्बर बमोजिम
सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०७९ जेठ १२ गते २० वर्ष कैद सजाय ठहर हुने भन्ने
फैसला भए पश्चात फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरबाट पक्राउ
गरेको हो ।
कोइरालालाई साविक मुलुकी ऐन अदालती बन्दोबस्ती १८८ नम्बर तथा हाल
प्रचलित फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क)
बमोजिम आठ वर्ष छ महिना कैद सजाय हुने गरी राय दिएको हदसम्म प्रतिवादीले गरेको
गम्भीर कसूरको प्रकृति र कसूर गर्दाको अवस्था समेतको आधार कारणबाट सो फैसला
मिलेको नदेखिँदा केही उल्टि भई प्रतिवादीलाई उक्त सजाय ठहर भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *