दाङ, १४ जेठ – लमही नगरपालिका-१ गौराह भन्ने जंगलमा सिकार खेल्न गएको अवस्थामा भरुवा
बन्दुक पड्किँदा सोही नगरपालिका गौराह बसन्तपुर बस्ने २३ वर्षीय कालुराम घर्ती मगरको
शुक्रबार दिउँसो मृत्यु भएको छ ।
कालुराम घर्ती मगर सहित ९ जना सिकार खेल्न गएकोमा सँगै गएका ४२ वर्षीय
बुद्धिराम घर्तीमगरले बोकेको भरुवा बन्दुक लहरामा एक्कासि अड्डिन गई पड्किँदा
कालुरामको घाँटीमा छर्रा लागेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय
लमहीबाट खटिएको प्रहरीले मृतक सँगै गएका ८ जनालाई ४ थान भरुवा बन्दुक सहित
पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0