जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०७९ जेष्ठ १४, शनिबार २१:३७ गते २०७९ जेष्ठ १४, शनिबार २१:३७ गते २०७९ जेष्ठ १४, शनिबार २१:३७ गते

भक्तपुर, १४ जेठ – सूर्यविनायक नगरपालिका-६ सूर्यविनायकस्थित रामेछाप सुनापती गाउँपालिका-५
घर भएका ५० वर्षीय मान बहादुर योञ्जनको रुपाकोटी खाजा होटलमा तास खेलिरहेको
अवस्थामा योञ्जन सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त
जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार २ सय ५० रुपैयाँ सहित फेला
पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *