महोत्तरी, १५ जेठ – सम्सी गाउँपालिका-६ स्थितबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँ सहित भारत पानावेला ग्रामपञ्चायत–१३ बस्ने २२ वर्षीय जिशान शेखलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका सवारी साधन चेकजाँच गर्ने क्रममा शेखलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0