काठमाडौं, १५ जेठ – दाङ, बबई गाउँपालिका-४ सिमेन्ट फ्याक्ट्री नजिक सडकमा रा.१ त १९०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही गाउँपालिका-७ बस्ने १९वर्षीय हेमराज रावतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनाका घाइते भएका ट्याक्टरमा सवार १ जनाको माता पोलिक्लिनिक हापुरेमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१ साधुनगरमा लु.४ त २५०५ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-३ मोर्मी बस्ने ५२ वर्षीय बालमुकुन्द चौधरीको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरारट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0