मृत अवस्थामा फेला

२०७९ जेष्ठ १५, आईतवार १६:५७ गते २०७९ जेष्ठ १५, आईतवार १६:५७ गते २०७९ जेष्ठ १५, आईतवार १६:५७ गते

काठमाडौं, १५ जेठ – काठमाडौं, गोकर्णेश्वर नगरपालिका-७ शिवचोक डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-११ घर भएकी ७५ वर्षीयाकान्छी माया तामाङ सोही ठाउँस्थित बन्दै गरेको घरमाइतबार मृत अवस्थामा फेला परेकी छन् । शनिबार बेलुकादेखि कोठामा नआएपछि खोजी गर्ने क्रममा उक्त घरको दोश्रो तलमा उनको शव फेला परेको हो ।

पाल्पा, रम्भा गाउँपालिका-१ अमलि बस्ने २२ वर्षीयाअस्मिता बिक घर नजिकैको कालगण्डकी नदीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । बुधबार साँझ घरबाट हिँडेकी उनी फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ कमेरोटारस्थितटहराको पेटीमा खोटाङ रावाबेशी गाउँपालिका-५ घर भएका ६०वर्षीयर बहादुर नेपाली शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पर्वत, फलेबास नगरपालिका-१ पारीचौर बस्ने ३६ वर्षीयालिमा देबी जिटी आफ्नै घर नजिक पानीको कुवामा शनिबार मृत अवस्थामा फेला परेकी छन्

कास्की, पोखरा महानगरपालिका-२७ बगादी खोलास्थित खोलाको किनारमा सोही महानगरपालिका कोलपाटन बस्ने ४५ वर्षीय कृष्ण कुमाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, कटहरी गाउँपालिका-१ महेशपुर थानगाछीस्थित खेतमा सोही गाउँपालिका-२ आदर्श टोल बस्ने ५० वर्षीय तुलसी श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी, ईश्मा गाउँपालिका-६ छहरेखोले रङ्नेपानीस्थित कुलोमा सोही गाउँपालिका-६ अमरपुर बस्ने ४९ वर्षीय डिलाराम भण्डारी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *