सम्पर्क विहिन तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

२०७९ जेष्ठ १६, सोमबार २१:०६ गते २०७९ जेष्ठ १६, सोमबार २१:०६ गते २०७९ जेष्ठ १६, सोमबार २१:०६ गते

मुस्ताङ, १६ जेठ – पोखराबाट मुस्ताङको जोमसोमका लागि आइतबार बिहान उडेको अवस्थामा
सम्पर्कविहिन भएको तारा एयरको नाइन एन-एईटि विमान थासाङ गाउँपालिका-२ स्थित
सानुसरेमा सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।


विमानमा चालक दलका सदस्यहरू काठमाडौं ठेगाना भएका क्याप्टेन प्रभाकर घिमिरे,
रूकुम ठेगाना भएका को-पाइलट उत्सव पोखरेल र स्याङजा ठेगाना भएकी एयर होस्टेज
किस्मी थापाको साथै यात्रुहरू काठमाडौं ठेगाना भएका क्याप्टेन बसन्त लामा, काठमाडौंका
राममाया तामाङ, धनुषाका ईन्द्र बाहदुर गोले, पुरूषोत्तम गोले, राजकुमार गोले, मकर
बहादुर तामाङ, सुकुमाया तामाङ तथा तुलसा देवी तामाङ, गोरखाका गणेश नारायण श्रेष्ठ,
रबिना श्रेष्ठ, रश्मी श्रेष्ठ तथा रोजीना श्रेष्ठ, ओखलढुंगाका प्रकाश सुनुवार, भारत मुम्बईका
अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, वैभवी बन्देजार तथा रितिका त्रिपाठी र जर्मन
नागरिकहरू युवी विल्नर तथा मेकी ग्रिट ग्राफ गरी २२ जना सवार थिए ।


पोखराबाट जोमसोमको लागि उडेको उक्त विमान मुस्ताङ प्रवेश गरेपछि सम्पर्क
विहिन भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट तत्काल प्रहरी
निरीक्षक राजकुमार तामाङको नेतृत्वमा खोजी कार्यको लागि प्रहरी टोली परिचालन गरिएको
थियो । उक्त कार्यमा नेपाली सेनाको नारायण दल, सैनिक उच्च शिखर शिक्षालय कैसाङ,
सशस्र प्रहरी बल नेपाल, स्थानीय बासिन्दा समेतको सहयोगमा सम्भावित क्षेत्रमा पैदल खोजी
गरिएको थियो । साथै सम्भावित दुर्घटनास्थल वरपर नेपाली सेना तथा निजी क्षेत्रको
हेलिकप्टरबाट समेत हवाई खोजी कार्य सुरू गरिएको थियो ।


दुर्घटनास्थलमा हालसम्म २१ जनाको शव फेला पारिएको छ भने १ जनाको खोजी
कार्य भइरहेको छ । दुर्घटनास्थलबाट शव संकलन गरी ल्याउने तथा थप उद्धार कार्य एवम्
अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *