कर सहयोगी श्रमिक संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलन असार ३ गते देखि

२०७९ जेष्ठ १८, बुधबार ०६:२६ गते २०७९ जेष्ठ १८, बुधबार ०६:२६ गते २०७९ जेष्ठ १८, बुधबार ०६:२६ गते

काठमाडौं १७ जेठ / कर सहयोगी श्रमिक संगठन नेपालको १८ औं केन्द्रिय कमिटी बैठक तथा बिस्तारित बैठक सम्पन्न भएको छ ।

काठमाडौंको अनामनगरमा रहेको जम्काभेट रेस्टुरेन्टको सभाहलमा सम्पन्न बैठकले कर सहयोगी श्रमिक संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलन असार ३ गते गर्ने निर्णय गरेको छ। काठमाडौंमा आयोजना हुने सो सम्मेलनका लागि विभिन्न समिति एवम् उपसमितिहरु पनि गठन गरेको छ।

कर सहयोगी श्रमिक संगठन नेपालका संस्थापक अध्यक्ष उद्धबप्रसाद कडरीया कै अध्यक्षतामा राष्ट्रिय सम्मेलनका लागि मुल व्यवस्थापन समिति गठन भएको छ भने संगठनिक प्रतिबेदन तयार गर्नुका साथै प्रचारप्रसार तथा मंच व्यवस्थापनका लागि महासचिव पदम नारायण त्रिपाठीको संयोजकत्वमा उपसमिति गठन भएको छ। आर्थिक,भोजन र बास व्यवस्थापनको संयोजकको जिम्मेवारी उपमहासचिव नवराज बर्तौलाले पाएका छन् भने अतिथि व्यवस्थापनको संयोजकमा उपाध्यक्ष तारानाथ दाहाल रहेका छन्।

कर सहयोगीलाई सरकारले परिभाषित गरेपछि कर सहयोगी श्रमिक संगठन, नेपालको जन्मभयो । हालसम्म २१ वटा जिल्लामा संगठन र शाखा बिस्तार भैसकेको कर सहयोगी श्रमिक संगठन, नेपाल २०६३ सालमा संस्थापक अध्यक्ष उद्धव कडरियाको नेतृत्वमा समिति गठन भयो । उनको नेतृत्वमा आन्तरिक राजस्व कार्यालय भएका जिल्लामा संगठन बिस्तार भयो । नभएका जिल्लामा भने छिमेकी जिल्लामा गाविने गरी कर सहयोगीलाई एकजुट गराउने अभियान शुरु भयो । एकजुट गर्ने अभियान संचालनकै क्रममा कर सहयोगी श्रमिकलाई परीक्षा लिएर राज्यले कर सहयोगी भनि गरेको परिभाषा खोसियो ।

पछिल्लो समय विकसित गरिएको करप्रणालीले झनै करको दायरालाई बृहत रुपमा फराकिलो बनाएको देखिन्छ । जुन एकदमै झन्झटिलो प्रणाली रहेको छ । जनशक्ति अभावको बावजुद पनि कर सहयोगीले करदातालाई कर तिर्नको लागि आवश्यक सहयोग गर्दै आइरहेको महासचिव पदम नारायण त्रिपाठी बताउँछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *