मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

२०७९ जेष्ठ १९, बिहीबार १३:३९ गते २०७९ जेष्ठ १९, बिहीबार १३:३९ गते २०७९ जेष्ठ १९, बिहीबार १३:३९ गते

झापा, जेठ – मोटरसाइकल चोरमा संलग्न रहेको अभियोगमा २ जनालाई चोरी भएको थान मोटरसाइकल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-५ बस्ने २१ वर्षीय चन्द्र कुमार योङवा र २० वर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङ रहेका छन

दमक नगरपालिका-६ नेपालीरिका होटल अगाडिपार्किङ गरी राखेको सोही नगरपालिका-४ बस्ने सुमन खड्काको मे. ११ प ५५१२ नम्बरको मोटरसाकल शुक्रबार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खोजगर्ने क्रममा शुक्रबार बिहान सोही नगरपालिका-६ शंखधर चोकमा उनीहरूले उक्त मोटरसाइकल चलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धान गर्ने क्रममा उनीहरूले थप ३ वटा मोटरसाइकलहरु विभिन्न स्थानबाट चोरी गरेको भन्ने खुल्न आएको चोरी भएक प्र.१-०१-०१५ प ८६९० नम्बर, प्र.१-०१-०१४ प १२४० नम्बर, मे ८ प ९२९७ नम्बरका मोटरसाकल पाँचथर मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्ानबाट प्रहरीले फेला परी बरामद गरेको छ ।

उनीहरू उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *