अवैध लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ १९, बिहीबार १३:५० गते २०७९ जेष्ठ १९, बिहीबार १३:५० गते २०७९ जेष्ठ १९, बिहीबार १३:५० गते

काठमाडौं, जेठ – काठमाडौं महानगरपालिका-२६ स्थित सडकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ५० एम्पुल र नगद १५ हजार रुपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने भक्तपुर नगरपालिका-५ ठेगाना भएका ५२ वर्षीय प्रकाशमान धौबन्जारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । साथै उनको डेराकोठा तलासी गर्दा थप बुप्रेनोर्फिन ० एम्पुल, डाइजेपाम ५३ एम्पुलफेनारगन४६ एम्पुल प्रहरीले फेला पारी बरामद गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ८० मिलिग्राम सहित सिनधुपाल्चोक हेलम्बु गाउँपालिका-३ ठेगाना भएका २८ वर्षीय निराजन लामिछनेलाई सोमबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध रौतहट चन्द्रपुर नगरपालिका-८ ठेगाना भएका ३८ वर्षीय समिर कुमार पोखरेल र बारा निजगढ नगरपालिका-१२ ठेगाना भएकी सिमा पोखरेल भन्ने पम्फा बिकसँग खरिद गरेको भन्ने खुल्नआएपछि उनीहरुलाई काठमाडौं महानगरपालिका-३२ निखिलेश्वरबाट पक्राउ गरेको हो । पम्फा बिकको साथबाट२ सय ८० मिलिग्राम अवैध लागूऔषध हेरोइन र उनीहरुको डेराकोठाबाट नगद २ लाख २० हजार रुपैयाँ, कारोबार गरेको आईएमई रसिद थान र बैंकमा रकम जम्मा गरेको भौचर २ थान प्रहरीले बरामद गरेको छ ।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-११ स्थितबाटनियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ७७ एम्पुल, डाइजेपाम १ सय ८० एम्पु फेनारगन २ सय २४ एम्पुलसहित सोही ठाउँ बस्ने मोरङ विराटनगर महानगरपालिका-६ ठेगाना भएका ५२ वर्षीय सोम रायलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थप नुसन्धानको क्रममा उक्त लागूऔषध बारा कलैया उपमहागरपालिका-१२ ठेगाना भएका ३१ वर्षीय शषनाथ महतो धानुकसँग खरिद गरेको भन्ने खुल्न आएपछि लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको प्रहरीले ीरगंज महानगरपालिका-१५ प्रतिमा चकबाट उनलाई समेत पक्राउ गरेको

धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट करिब ९ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित हिदभि गाउँपालिका-२ बस्ने २० वर्षीय उपेन्द्र बिसुंखेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । छिन्ताङबाट धरानतर्फ जाँदै गरेको को.१ ज ३३२३ म्बरको बोलेरो गाडीलाई प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेक हो

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *