अवैध लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ २१, शनिबार २०:२५ गते २०७९ जेष्ठ २१, शनिबार २०:२५ गते २०७९ जेष्ठ २१, शनिबार २०:२५ गते

काठमाडौं, २१ जेठ – कैलाली, टिकापुर नगरपालिका-४ मौरनिया बस्ने २२ वर्षीय जीवन शाह र जानकी गाउँपालिका-६ जगतपुर बस्ने २२ वर्षीय ललित कडायतलाई करिब ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । सोही गरपालिका-१ स्थित जीवन शाहको निर्माणाधिन ग्यारेजमा अवैध लागूऔषधको कारोबार भरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई ग्यारेजमा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१५ शान्तिनगरस्थितसुग्रिम होटल एन्ड फास्ट फुट होटलबाट करिब २ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय रमेश पुनमगररुकुम पर्व उत्तरगंगा गाउँपालिका-७ बस्ने २० वर्षीय बिशाल बुढामगर रहेका छन् । उक्त होटलमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले बिशालको साथबाट ९ सय १० मिलिग्राम रमेशको साथबाट १ ग्राम १ सय २० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *