काठमाडौं, २२ जेठ – भक्तपुर, भक्तपुर नगरपालिका-१ श्रृजनानगरस्थित सिन्धुपाल्चोक भोजनालयमा
जुवातास खेलिरहेको अवस्थामा भोजनालयका संचालक सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-
२ घर भएका ४५ वर्षीय कान्छा गिरी समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको
छ । उक्त भोजनालयमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट
खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ३ सय रूपैयाँ र १ बुक तास सहित फेला पारी
पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१ वसन्त टोल बस्ने ४० वर्षीय दिपु श्रीमालको
घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-३ बस्ने डोटी दिपायल
सिलगढी नगरपालिका-६ घर भएका ६२ वर्षीय तेज बहादुर बोगटी समेत ५ जनालाई शनिबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रीमालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त
हुनासाथ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार
रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0