काठमाडौं, २२ जेठ – रूपन्देही, रोहीणी गाउँपालिका-३ रोहीणी पुलस्थित सडकमा जनकपुरबाट भैरहवातर्फ
जाँदै गरेको लु.२ ख ३८४१ नम्बरको बस आफै अनियन्त्रित भइ पुलबाट २० मिटर तल खसेर
आइतबार बिहान दुर्घटना हुँदा बसमा सवार ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर
घाइते भएका उनीहरूमध्ये ५ जनाको भैरहवा मेडिकल कलेज भैरहवामा र ४ जनाको भीम
अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरूमा रूपन्देहीका ६५ वर्षीय
राजेन्द्र पाण्डे, ३७ वर्षीया तुल्सी बस्याल, ५६ वर्षीय बिष्णु पौडेल, ४८ वर्षीय कृष्ण प्रसाद
बस्याल, ४० वर्षीय अरबिन्द्र शर्मा, ५० वर्षीय नागेन्द्र शार्मा र रौतहटका २० वर्षीय दिनेश
दास, भारत सितामणी घर भएका संजय गुप्त रहेका छन् अन्य १ जनाको सनाखत कार्य
भइरहेको छ । साथै दुर्घटनामा घाइते भएका २३ जनाको मेडिकल कलेज भैरहवामा उपचार
भइरहेको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-२३ कोइला डिपो अगाडि सडकमा
जितपुरबाट वीरगंजतर्फ जाँदै गरेको प्र.२-०३-०२२ प ५३०८ नम्बरको मोटरसाइकल आफै
अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सा वीरगंज
महानगरपालिका-६ बस्ने ३५ वर्षीय रंजित डोकानियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर
घाइते भएका उनको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार
भइरहेको छ ।
दाङ, राप्ती गाउँपालिका-१ पुलचोकस्थित सडकमा रोल्पाबाट घोराहीतर्फ जादै गरेको
ना.४ ख ३९९६ नम्बरको बसले लु. ७ प ९८९३ नम्बरको मोटरसाइकललाई शनिबार राति
ठक्कर दिँदा मोटरसाइकलमा सवार रोल्पा लुङ्ग्री गाउँपालिका-५ बस्ने १७ वर्षीय महेन्द्र
सुनारको मृत्यु भएको छ । दुर्घटना घाइते भएका उनलाई राप्ती पोलिक्लनिक भालुवाङ हुँदै थप
उपचारको लागि संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तु पठाइएकोमा उपचारको
क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक सामान्य घाइते भएका छन् ।
तनहुँ, ब्यास नगरपालिका-१२ देउरालीस्थित सडकमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको
ग.१५ प १४८४ नम्बरको स्कुटरलाई ग. १ क ५५३३ नम्बरको टिपरले शनिबार साँझ ठक्कर
दिंदा स्कुटर चालक बन्दीपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय ईश्वर क्षेत्रीको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा
मृत्यु भएको हो । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे, पनौती नगरपालिका-५ आईटी पार्कस्थित सडकमा हाल नम्बर नखुलेको सवारी
साधनले पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.७३ प ७५०२ नम्बरको मोटरसाइकललाई
शनिबार राति ठक्कर दिदाँ मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी नगरपालिका-६ बस्ने २८
वर्षीय फुलकाजी तामाङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको
लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको
प्रहरीले खोजी गरिरहेको छ ।
दोलखा, भिमेश्वर नगरपालिका-४ अनाथलयस्थित सडकमा प्रदेश ३-०१-०२४ च
५९१९ नम्बरको पिकअप गाडीले बा. ७५ प ४५२१ नम्बरको मोटरसाइकललाई आइतबार
बिहान ठक्कर दिँदा मोटरसाइकल चालक भिमेश्वर नगरपालिका-५ जिलु बस्ने ३३ वर्षीय उमेश
श्रेष्ठको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चरिकोट अस्पतालमा उपचारको
क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा
उपचार भइरहेको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0