अवैध लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ २४, मंगलवार १२:१९ गते २०७९ जेष्ठ २४, मंगलवार १२:१९ गते २०७९ जेष्ठ २४, मंगलवार १२:१९ गते

काठमाडौं, २४ जेठ – कैलाली, गोदावरी नगरपालिक४ गोदावरीबाट करिब २० ग्राम ४१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २० हजार रूपैयाँ सहित धनगढी उपमहानगरपालिका३ मिलनचोक घर भई डोटी जोरायल गाउँपालिका-२ बुडरस्थित होटल सञ्चालन गरी बस्ने ४५ वर्षीय प्रेम कुमार रेग्मीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । से.१ ६२९ नम्बरको बोलेरो जिपलाई प्रहरीले जाँच गर्ने क्रममा जिपका चालक रेग्मीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । प्रारम्भिक सोधपुछको क्रममा उक्त लागऔषध कञ्चनपुर कृष्णपुर नगरपालिका-५ बस्ने ४८ वर्षीय दुग्गड भन्ने तेज बहादुर खड्काबाट १ लाख २० हजार रूपैयाँमा खरिद गरेको भन्ने खुल्न आएपछि तेज बहादुरलाई समेत कैलाली गोदावरी नगरपालिका३ चौकीडाडामा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको । साथै तेज बहादुरको घर तलासी गर्दा नेपाली एकहजार दरका नककली जस्ता देखिने ५ थान नो, डिजिटल तराजु थान फेला पारी प्रहरीले बरामद गरेको छ ।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका३ चिसापानीस्थित कर्णाली पुलमुनिबाट करिब ४ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित मोहन्याल गाउँपालिका७ बडिगाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित निरज फाष्टफुडबाट करिब ६० ग्राम अवैध लागूऔषध चरेस सहित सोही उपमहानगरपालिका-३ बोराडाँडी बस्ने ३८ वर्षीय खेम राज महरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र स्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पकराउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ गैरीगाउँ बस्ने २५ वर्षीय अर्जुन वाँतर र सोही नगरपालिका-६ साठीविघा बस्ने २६ वर्षीय दावा तामाङ रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूषध नियन्त्रण व्यरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप सोधपुछको क्रममा उक्त लागूऔषध दावाले बोक्न दिएको भनी ुल्नआएपछि  दावालाई समेत प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुली, मरिण गाउँपालिका-७ महेश्वता बस्ने ४० वर्षीय बेल बहादुर कामीलाई करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले कामीको घर तलासी गर्दा चामलको बोराभित्र लुकाइ राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *