कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न पक्राउ

२०७९ जेष्ठ २४, मंगलवार १२:२२ गते २०७९ जेष्ठ २४, मंगलवार १२:२२ गते २०७९ जेष्ठ २४, मंगलवार १२:२२ गते

काठमाडौं, २४ जेठ – बारा, आदर्श कोतवाल गाउँपालिका-६ पटेर्वा बस्ने प्रभू प्रसाद कुशवाहाको कटुपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय किशोरी कुशवाहा५५ वर्षीय रामप्रवेश महतो रहेका छन् । किशोरी कुशवाहा, रामप्रवेश महतो सोही ठाउँ बस्ने ५० वर्षीय हिरामण कुशवाहा समेतले जग्गा नाप्ने विषयमा विवाद भ कुटपिट गर्दा गम्भीर घाइते भएका प्रभु कुशवाहाको एनएमसि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले कुटपिमा संलग्न किशोरी र राम प्रवेशलाई प्रहरीले पक्राउ गर्नुका साथै हाल फरार हिरामणको खोजी गरिरहेको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ७० वर्षीया लिलावती गुप्ताको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय कोईली भन्ने शिव कुमार बढईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । गुप्ताको पसलमा समान किन्ने क्रममा विवाद गरी बढईले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट गरी फरार भएका बढईलाई वडा प्रहरी कार्यालय ेपालगंजबाट खटिएको प्रहरीले नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *