काठमाडौं, २४ जेठ – सुर्खेत, गुर्भाकोट नगरपालिका-५ मेकबेतनी बस्ने धनबिर बिकको छोरी ७ वर्षीया गृष्मा बिक घर नजिकैको जंगलमा बारीको खाल्डोमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । हजुरआमासँग शनिबार भोजमा गएकोमा हजुरआमा घरमा आएको र नातिनी घरमा नआएपछि खोजी गर्ने क्रममा खाल्डोमा अर्ध गाडिएको र निधारमा चोट लागेको अवस्थामा उनको शव फेला परेको हो । घटनाको आवश्यक अनुसन्धान एवम् सोधपुछका लागि १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका-४ सुकेधारा धोवीखोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृतअवस्थामा फेला परेका छन् ।
ललितपुर, ललितपुर महानगरपालिका-२२ फर्सिडोलस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
डोल्पा, जगदुल्ला गाउँपालिका-२ स्थित नेपाल खाद्य संस्थानको भवनको खुल्ला ग्यालरीमा बिपिन भन्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0