विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ जेष्ठ २६, बिहीबार ००:११ गते २०७९ जेष्ठ २६, बिहीबार ००:११ गते २०७९ जेष्ठ २६, बिहीबार ००:११ गते

काठमाडौं, २५ जेठ – ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं धुम्बाराही बस्ने पाल्पा तिनाउ गाउँपालिका-३ घर भएक ४० वर्षीय जित बहादुर गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पठाइएको छ ।

यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीकाठमाडौं थानकोट बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-१ घर भएका ३४ वर्षीय अमर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ैंकिङ कसूरमा ६२ लाख ३३ हजार रुपैयाँ विगोतोकी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीलेकाठमाडौं माकलबारीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।

यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं जडिबुटि बस्ने धनुषा लक्ष्मिनिया गाउँपालिका-२ बस्ने ३९ वर्षीय हसन साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ैंकिङ कसूरमा ९५ लाख रुपैयाँ विगो तोकी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाटखटिएको प्रहरीले काठमाडौं बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *