अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

२०७९ जेष्ठ २६, बिहीबार ००:१५ गते २०७९ जेष्ठ २६, बिहीबार ००:१५ गते २०७९ जेष्ठ २६, बिहीबार ००:१५ गते

कैलाली, २५ जेठ – अवैध लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कन्चनपुर पुनरवास नगरपालिका-१ बस्ने ४२ वर्षीय डब बहादुर तामाङ, ुनरवास नगरपालिका-१ बस्ने ३५ वर्षीय कान्छा तामा र पुनरवास नगरपालिका-१ बस्ने २८ वर्षीया अन्जु सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका-१ सेती प्रादेशिक अस्पताल नजिकबाट डब बहादुरलाई ३० ग्राम, सोही उपमहानगरपालिका-२ त्रिनगर भन्सारबाट कान्छालाई १०ग्राम र थप अनुसन्धानका क्रममा सोही उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट अन्जुलाई नगद ४९ हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

लागूऔषध खैरो हेरोईन बिक्री वितरणमा एउटा समूह नैसक्रिय रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध तथा नगद बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *