काठमाडौं, २६ जेठ – तेह्रथुम, म्याङलुङ नगरपालिका-१ डबलीस्थित सडकमा प्रदेश नम्बर १-०२-००३ त ४९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोदेखि करिब १ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा चालक फेदाप गाउँपालिका-५ ईसिबु बस्ने २६वर्षीय रबिन खापुङको घट्नास्थलमै मृत्यु भएको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-२ पान्डेचोक साडेपानीस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१-००८ प ६४०७ नम्बरको मोटरसाइकलको ठक्करबाट घोडाघोडी नगरपालिका-२ साडेपानी बस्ने ५५ वर्षीया तारा रावलको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाँचथर, हिलिहाङ गाउँपालिका-७ सल्लेरीस्थित सडकमा मे.१ ख २४९४ नम्बरको ट्याङ्कर र को.५ प २३३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका-७ बस्ने २६ वर्षीय प्रेम घिसिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको समर्पित अस्पताल हुँदैबिएण्डसि अस्पताल झापामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनकै श्रीमती २६वर्षीया कञ्चन मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धादिङ, धुनिबेशी नगरपालिका-६ चालिसेस्थित सडकमा ना.८ ख ५१७३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री गोरखागण्डकी गाउँपालिका-५ दरबुङ बस्ने ४४ वर्षीया राम माया बिकको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, जानकी गाउँपालिका-६ कोठारपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0